‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री क्रिस्टिना (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

चलचित्र ‘प्रेमगीत ३’ को मुख्य अभिनेत्री क्रिस्टिना गुरुङलाई छानिएको छ । अमेरिकाबाट अडिसनमा सहभागीहुनकै लागि नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकी हुन । आशुसेन फिल्म्सका निर्देशकद्वय छेतेन गुरुङ र सन्तोष सेनले उनको नाम सार्वजनिक गरेका हुन् । उनले भने ‘हामिहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, क्रिस्टनालाई गीत पात्रका लागि छानिएको हो । र ‘अडिसनमा छानिएका उत्कृष्ट टप २५ लगायत अडिसनमा सहभागी हुनुभएका सबैलाई धेरै धेरै धन्यवाद । नर्माण टिमले शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ यो चलचित्रका लागि फाइनल भएका छन् । चलचित्रको मुख्य अभिनेता र अन्य दुई बाल कलाकारसहित निर्माण टिमले चाँडै चलचित्रको घोषणा गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु