कुलेन्द्र र रञ्जिताको मायाप्रेम झल्किएको गीत ‘चट्ट माया’

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७८, शनिबार

काठमाडौं । लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘चट्ट माया’ एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । संगीतकार तथा गायक बीबी अनुरागीको प्रमुख आतिथ्यतामा भएको थियो ।

रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका भावना पराजुली (बस्ताकोटी) र कल्पना लम्सालले शब्द लेखेको उक्त गीतमा अष्ट्रेलिया मै रहेका गोविन्द भण्डारीले संगीत भरेका हुन् ।

संगीतकार अनुरागीले ‘चट्ट माया’ को सार्वजनिकपछि बोल्दै शब्द, संगीत र भिडियो पनि उत्कृष्ट रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी चन्द्रमणी गौतमले गरेका थिए भने मिडिया संयोजकको रुपमा प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेका थिए ।

त्यसैगरी कार्यक्रममा सहभागी प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालले उक्त गीतको प्रशंसा गर्दै पछिल्लो समय केही कलाकार आफ्नो गीतले कसरी डलर झार्न सक्छ भन्दै नेपाली मौलिक लोक संस्कृतिलाई धमिल्याएको कुरा ब्यक्त गरेका थिए ।

गायक कुलेन्द्र विश्वकर्माले विदेशी भूमिबाटै गीत सिर्जना गरेर आफूलाई गीत गाउन अवसर दिएकोमा रचनाकारलाई धन्यवाद दिएका थिए । चट्ट मायाका संगीतकार गोविन्द भण्डारीले आफूहरु विदेशमा रहे पनि नेपाली पहिचान र गीत संगीतलाई निरन्तरता दिँदै आएको बताए ।
भावना ईन्टरटेनमेन्टको प्रस्तुती रहेको नयाँ गीत ‘चट्ट माया’मा रञ्जिता गुरुङ र कुलेन्द्र विश्वकर्माको अभिनय तथा नृत्य पनि देख्न सकिन्छ । प्रेम थापाले निर्देशन गरेको भिडियोलाई करण चैशिरको छायांकन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु