• कुलेन्द्र र अनुजाको आवाजमा ‘रुँदै रुँदै बसेँ’ हेर्नुहोस भिडियो

    म्यूजिक खवर
    प्रकाशित: ३ चैत्र २०७५, आईतवार
    आर पोखरेल, काठमाडौं । सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत ‘रुँदै रुँदै बसेँ’ गीतको भिडियो ग्यालरी नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको हो ।
    गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । प्रेम र विछोडलाई गीतमा मुख्य रुपमा समावेश गरिएको छ । आफना प्रेमीलाई आफनो प्राण प्यारो ठान्दा पनी आफनो प्रेमीबाट टाडा हुनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।
    तेजेन मल्ल र  रिम खत्रीको शब्द सिर्जना तथा शंकर शर्माको लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “रुदैँ रुदैँ बसे“ गीतको भिडियोमा बुद्धविर थापा  र सगुन शाही र गौत्तम शेर्पाको अभिनय रहेको छ ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु