• लक्ष्मी र कुलेन्द्रले ‘आफ्नै नाम मन पर्यो’ भन्दा राजेश र निता छमछमी नाचे

    म्यूजिक खवर
    प्रकाशित: २६ पुष २०७७, आईतवार

    काठमाडौं । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् ।

    माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ ।

    गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ । भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो गीतलाई सिगार्न सफल देखिन्छ ।

    शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु