कुमार कार्कीको नेतृत्वमा रामेछाप सांस्कृतिक कलाकार समाज

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७८, बिहीबार

मन्थली। रामेछाप साँस्कृतिक कलाकार समाजको आइतबार सम्पन्न चौथो जिल्ला अधिबेशनले कुमार कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरुमा क्रमश अध्यक्ष कुमार कार्की, बरिष्ठ उपाध्यक्ष उत्तम पौडेल, उपाध्यक्षहरुमा युनिक बिफा घिसिङ, सन्ध्या सानु घताने, कल्पना सुनुवार रहेका छन्।

त्यसैगरी महासचिवमा गोबिन्द गौतम, प्रबक्तामा रामकुमार नेपाली सचिबमा गुणराज श्रेष्ठ, सह– सचिवमा सन्तोष पौडेल,कोषाध्यक्षमा सविन चौहान, सह( कोषाध्यक्षमा तिर्थ बिरक्त पाख्रीन, रहेका छन् भने सदस्यहरुमा बिनोद लामा, सृजना रोक्का, किशोरी लामा, संंङ्गिता के शी, बबिता पोखरेल, रमेश पौडेल खत्री, रहेका छन् । संस्थाको बन्द सत्रले महासचिकको सागठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन पास गरेको छ ।

रामेछाप साँस्कृतिक कलाकार समाजका निवर्तमान अध्यक्ष राम कुमार पौडेलको अध्यक्षतामा शनिवार देखि रामेछापको सदरमुकाम मन्थलीमा दुई दिन सम्म संचालन भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सांसद तथा पूर्व मन्त्री शान्ति प्रसाद पौडेलले गर्नु भएको थियो । उद्घाटन समारोहमा पन्चे बाजा, सुनुवार जातिको ष्याँदर सिल ९ढोल नाच० माझी जातीको साँस्कृतिक झाँकी, मगर जातीको मौलिक नाच लगाएत विभिन्न स्थानीय मौलिक नाच हरु प्रस्तुत गरिएको थियो । साथै दुई दिन सम्म राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु को विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा बागमती प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेल, रामेछाप साँस्कृतिक कलाकार समाजका संस्थापक अध्यक्ष तथा आदिवासी जनजाति चलचित्र महासंघ अध्यक्ष अमृत बहादुर सुनुवार, उधोग बाणिज्य संघ रामेछापका अध्यक्ष, केशव घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, निबर्तमान अध्यक्ष, प्रकाश कटुवाल, कलाकार रोज मोत्तान, कलाकार शिवहरी पौडेल, लगाएतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने समापन समारोहमा बागमती प्रदेश सभा सदस्य कैलाश ढुङ्गेलले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई सहितको मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न फरक फरक विधाका १० जना स्रस्टाहरु सम्मान गरिएको थियो । २०६६ सालमा स्थापित रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप जिल्लाका कलाकारहरुको नेतृत्व गर्दै रामेछाप जिल्लाको संस्कृती, विभिन्न क्षेत्र एबम बस्तुहरुको प्रबर्द्धन, बिकास साथै सामाजिक सचेतनाको लागी महोत्सव, उत्सब लगाएत विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । समाजको जिल्लाका ८ वटै स्थानीय तहमा पनि समिति गठन भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु