• कुमार कार्कीको शब्द संगीतमा गोविन्द र मेलिनाले गाए ‘भेटौं शनिबार’

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७७, शनिबार

    काठमाडौं । आफैंमा राम्रो गायन क्षमता भएका गायक हुन् कुमार कार्की । तर पछिल्लो समय आफूभन्दा पनि अरुलाई गीत गाउन लगाउने गरेका छन् । कोही बेला आफ्नै स्वरमा पनि गीत लिएर आउने गर्छन् । यतिबेला भने गायक गोविन्द गौतम र मेलिना राईको आवाजमा कार्कीले शब्द र संगीत भरेका छन् ।

    ‘भेटौं शनिबार’ गीतको म्यूजिक भिडियोमा गायक गौतम र काउली बुढी लगायत दर्जन भन्दा बढी कलाकारको अभिनय रहेको छ । ओम प्रसाईको छायाँकन रहेको यस भिडियोलाई अर्जुन सिलवालले कोरियोग्राफी गरेका छन् । सरिता गौतमको सम्पादन रहेको यस भिडियोलाई भीमसेन अधिकारी र खामेश श्रेष्ठले निर्देशन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु