• गोविन्द शब्द र नरहरीको संगीतमा प्रसिद्ध गायक कुमार सानुको स्वरमा ‘गुनासो’

    म्यूजिक खबर
    प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार
    Kumar Sanu

    काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको शब्द तथा गायक÷सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा तयार भएको वियोगान्त भावको गीत ‘गुनासो’मा प्रसिद्ध गायक कुमार सानुले स्वर दिएका छन् । छ । संगीतकार देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका गीतकार गोविन्द गिरी ‘प्रेरणा’ ले निर्माण गरेका हुन् । यस गीतलाई सङ्गीतकार प्रेमीकै आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको हो ।

    जीबी आग्रीको निर्देशन, डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन रावलको सम्पादनमा निर्माण भएको यस भिडिओमा असद खान र वविता देवको अभिनय रहेको छ । भिडिओमा अधुरो जीवन यात्रा र त्यो परिस्थितिबाट उत्पन्न पीडा देखाईएको छ भने मरेतुल्य जीवन भोगिरहेका नायकले आफ्नी पूर्व जीवन सङ्गिनीलाई सम्झिएर पश्चात्ताप गरेका छन् । यो गीतको फिमेल भर्सन पनि रेकर्ड भईसकेको छ । जसमा दिपिका श्रेष्ठले स्वर दिएकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु