सांगीतिक जोडी कुन्ती र शिलाबहादुरको सिर्जनामा ‘घाम जुन बाँकी छ’

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७७, मंगलवार

काठमाडौं । सफल सांगीतिक जोडीका रुपमा चिनिएका गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तानको सिर्जनामा नयाँ गीत सार्वजनिक भएको छ । सेलो भाकामा तयार भएको ‘घाम जुन बाँकी छ’ बोलको उक्त गीतमा कुन्ती मोक्तानको स्वर रहेको छ । त्यस्तै दिनेश अधिकारीको शब्द रहेको गीतमा शिलाबहादुर मोक्तानको संगीत रहेको छ ।

गीतको भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा र मोडल दिक्पाल कार्कीले मोडलिङ गरेका छन् ।
गीतको भिडियो निर्देशन तेञ्जु योञ्जनले गरेका हुन् । दिपेन बस्नेतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा अशोक रोकाले मेकअपको काम गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु