लाहुर जाने मदनहरु यसरी फर्किएलान् त ?

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार
Lahur Jane Madanharu

काठमाडौं । मुना र मदनको कथा जुनबेला थियो त्यो बेला मुना छाडेर मदनहरु भोटमा धन कमाउन जान्थे । समय परिवर्तन भयो भोट जाने मदनहरु अहिले खाडी जान्छन् । आफ्नो श्रम र पसिना बेच्न लाखौं लगानी गरेर खाडी भासिने मदनहरुको घरमा भएको ऋणसँगै मुनालाई छाडेको कथा धेरैले विभिन्न तरिकाबाट प्रस्तुत गरे । यतिखेर भने घरमा मुनाको आँखामा आँसु छाडेर परदेश जाने मदनहरुको कथामा गीत सार्वजनिक भएको छ ‘लाहुर जाने मदनहरु’ ।


समुधुर आवाजकी धनी गायिका अमृता नेपाली र ईश्वर सिंहको स्वरमा रहेको गीत ‘लाहुर जाने मदनहरु’ गीतलाई शिव अखेलीले शब्द सिर्जना गरेका छन् । प्रभात हमालको संगीत रहेको गीतको संगीत संयोजन तारानाथ आचार्यले गरेका छन् । गीतको म्यूजिक भिडियोलाई सरल तरिकाले प्रस्तुत गरेका छन् । पछिल्लो समय लाखौं लगानी गरेर भिडियो निर्माण गरे मात्र गीत चल्छ भन्नेहरुका अगाडि यो भिडियोले अर्थ नराख्ला तर गीतको मार्मिकताले सरलता रुपमा भिडियोलाई पनि जीवित तुल्याएको छ । लाहुर जान हिंडेका मदनहरुलाई गाडीमा गीत सुनाउने कमल र अमृताको अभिनयले पुनः मुनाको आँसु पुछ्न घर फिर्ता गराएको देखिन्छ । भिडियोलाई गणेश सापकोटाले छायाँकन गरेका छन् सुवास अम्गाईंले सम्पादन गरेका छन् । भिडियोको निर्देशन तारानाथ आचार्यको रहेको छ ।
के साँच्चै यसरी नै आफ्नो देशमै रोजगारी सिर्जना गर्न लाहुर गएका मदनहरु फर्किएलान् त ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु