• ‘मज्जाले नाचौला’ भन्दै आए लाक्पा र रामकुमार

    म्यूजिक खबर
    प्रकाशित: २४ भाद्र २०७७, बुधबार

    काठमाठौं । गायक लाक्पा तेन्जी शेर्पा र राम कुमार कार्की यतिबेला सबैलाई नचाउने गरी आएका छन् । ‘मज्जाले नाचौंला’ गीतसँगै आफ्नो हिमाली भेगेका शेर्पा संस्कृति झल्काउँदै उनीहरुले मौलिकताका साथ बजारमा आएका हुन् । लाक्पा तेन्जी शेर्पाको शब्द र संगीत रहेको गीत ‘मज्जाले नाचौला’ मा लाक्पा तेन्जी र रामकुमार कार्कीको स्वर रहेको छ । राकेश सोनीको संगीत संयोजन रहेको उक्त गीतको मिक्सिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् ।

    यस गीतको म्यूजिक भिडियोमा सञ्जीव ठकुरी र मिङ्मा शेर्पाको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन रहेको उक्त गीतमा च्याङ्बाले ड्रोन चलाएका छन् । लक्ष्मण चौहानले सम्पादन गरेको उक्त म्यूजिक भिडियोलाई कोरियोग्राफ र निर्देशन भने विक्रम चौहानले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु