किन राखिएन लालुमैमा लोकदोहोरीकै मोडल ? भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७५, बुधबार

किन राखिएन लालुमैमा लोकदोहोरीकै मोडल ? 

पछिल्लो समय लोकदोहोरी गीतमा हिरोइन राख्ने प्रचलन बढेको कुरालाई लिएर निर्देशक प्रकाश भट्टले भने– ‘ब्राण्ड भनेको आफैंले बनाउने हो, ब्राण्ड बनेपछि बजारमा माग बढ्छ । व्यापार पनि बढ्छ । त्यो निर्माताले खोजिरहेको कुरा उहाँहरुसँग पाएनन् होला र चलचित्रका हिरोइन खोज्नुभयो होला । हामीले लोकदोहोरीमा काम गर्ने मोडललाई नराम्रो भन्न खोजेको होइन र हिरोइन राखेर पनि चल्ने होइन । तर उहाँहरुको डिमाण्ड बढ्नुमा हाम्रो कुनै गल्ती छैन ।’

निर्देशकमा केही हात हुन्न । काँचो माटोलाई भाँडा बनाउनेमा निर्देशक सधैं तयार रहन्छ । उहाँहरुमा कला क्षमता छ । हामीले धेरै भिडियोमा उहाँहरुलाई लिएर राम्रो काम पनि देखाएका छौं । उहाँहरुले स्टाटस पनि राखेर आफ्ना कुण्ठाहरु पोख्नुभएको देखेको छु तर त्यो होइन पहिला ब्राण्ड बनाउनुस्, डिमाण्ड आफंैं बढ्छ ।

गायक सन्दिपमा भगवानप्रतिको विश्वास
गायक सन्दिप न्यौपाने आफू भगवानप्रति सधैं विश्वास गर्ने बताउँछन् । त्यसैले काम गर्ने सम्पूर्ण टिममा पनि भगवानहरु नै रहेको बताए । गीत लेखनदेखि भिडियोसम्मका सबै काम गर्ने हस्तीहरु नै भगवानको नामबाट आएको हुँदा लालुमै धेरै चल्न सफल भएको उनले बताए ।

आफ्नै च्यानलबाट लालुमै ल्याउने क्रममा शिव हमाल कोमामा थिए
चलेको च्यानलबाट ल्याउनुपर्छ भन्दा पनि सबैले आफ्नै च्यानल बनाएर भिडियो अपलोड गर्नुस् भन्दा मनमा डर त्रास थियो । प्रेसर पनि उत्तिकै थियो । तर दम्भ र रिक्स बढी थियो । त्यही अनुसार फरक पहिचान दिऔं न त भन्ने कुरामा लाग्यौं । लाखौं लगानी गर्ने व्यक्ति मर्नु हुँदैन भनेर लाग्दा लालुमै हिट पनि भयो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु