मनिषाको तीज गीत ‘रक्सी काटुन काटुन’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७६, बुधबार

काठमाडौं । अचेल दैनिक आधा दर्जन बढी तीज गीत बजारमा आउने गरेका छन् । तीजको अवसर पारेर बजारमा भित्रिने यस्ता गीत मध्य कतिपय पारिवारिक दुःख, खुस समेटिएका हुन्छन् । भने, कतिपयमा समाजका बिक्रिती बिसंगती माथी समेत ब्यब्ग्य प्रहार भएका भएका छन् । यस्तैमा गायिका मनिषा धमलाले पनि तीज गीत ‘रक्सी काटुन काटुन’ सार्वजनिक गरेकी छन् । तीजको नाममा रक्सी सेवन गर्ने मौलाए चलन प्रति लक्षित गर्दै उनले यो गीत ल्याएकी हुन् ।

उनको गीतमा तीजमा कोसेलीको रुपमा ‘रक्सी काटुन काटुन’ आउने गरेको उल्लेख गरेकी छन् । उक्त गीतमा संगीतकार समेत रहेका गायक डिबि खड्काले उनलाई स्वरमा साथ थिएका छन् र उक्त सार्वजनिक गीतमा गायिका मनिषाकै शब्द रहेको छ भने संगीत पनि डिबि खड्काकै रहेको छ । गीतको एक भिडियो पनि बनेको छ । सुमनसागरजंग केसीको कोरियोग्राफी रहेको भिडियोमा अरुणा, लक्ष्मी, राजिवलगायतको अभिनय देख्न सकिन्छ । अजय रेग्मकिो छायाँकन, कृष्ण प्रसाद तिमिल्सिना निर्माता रहेको भिडियो सम्पादन तथा निर्देशन सुरेश राउतले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु