बालापन सम्झँदै गायिका लक्ष्मी न्यौपानेको तिज गीत ‘मै माग्थें बालापन’

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७७, आईतवार
Laxmi Neupane

काठमाडौं । पराइघर गएकी चेलीलाई जन्मघरको यादले बुढेसकालसम्म सताउने गर्छ । जन्मिएको घर छाडेर पराइको घर गएर आफ्नो बनाउनुपर्ने चेलीको कर्तव्य बनेको हाम्रो समाजमा तिज जस्तो महान् चाडमा वेदना र विरह पोख्ने गरिन्छ । पहिला चोक, भन्ज्याङ चौतारीमा जम्मा भएर गाउने गरेको गीतले समयअनुसार बदलिँदै रेडियो, टेलिभिजन हुँदै अहिले डिजिटलमाध्यममा चर्चा पाउने गरेको छ । सांस्कृतिक महत्व बोकेको चाड तिजमा मौलिक सिर्जनाहरु आउने क्रममा गायिका लक्ष्मी न्यौपानेले बालापन सम्झँदै ‘मै माग्थें बालापन’ ल्याएकी छन् ।

मौलिक तिज गीत ‘मै माग्थें बालापन’को शब्द र भाका गायिका स्वयम्कै रहेको छ । माइती देशको सम्झना र बालापनको याद गराउँदै मनभरि माया बोकेर तिजको विरह पोखिएको गीत हो ‘मै माग्थें बालापन’ । यस गीतको संगीत संयोजन कमल सौरागको रहेको छ । गीतलाई त्रिवेणी डिजिटलमा रेकर्ड गरिएको हो ।
यस गीतको म्यूजिक भिडियोमा स्मृति तिमिल्सिना ‘गुरुआमा’ र रिना थापा मगरले मुख्य भूमिका निभाएका छन् । गुरुआमाकै निर्देशन रहेको गीतलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन् भने प्रकाश धमलाको सम्पादन रहेको छ । गीतको भिडियोलाई गायिका लक्ष्मी न्यौपानेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु