चलचित्र ‘लक्ष्मी रानी’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । चलचित्र ‘लक्ष्मी रानी’को शिर्ष गीत ‘दिल मै राखौंला लक्ष्मी रानीलाई’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा जुनु रिजाल र दौलत राइको स्वर रहेको छ भने लोक राईको शब्द र बबुल गिरीको संगीत रहेको छ। आफ्नी मायालुलाई फूल भनिएको उक्त गीतमा आफु फूलमा भुलिएको कुरा गरिएको छ । उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार शुभेच्छा थापा, जयकिशन बस्नेत र परदेशी साहलाई अभिनय रहेको । शुभेच्छा थापालाई फरक अवतारमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनलाई जयकिशन र परदेशीले फकाउदै देख्न सकिन्छ ।

विशुद्ध नेपाली नारीको अवस्था र सामाजिक परिवेशमा आधारित भनिएको उक्त चलचित्र नायिका शुभेच्छा थापाको दोहोरो भुमिका रहेको छ । नायिका थापाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मको मुख्य निर्माता र कथा लेखनसमेत स्वंय थापाको रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु