काठमाडौं । गायिका लक्ष्मी रिसालले ‘सम्झनाका लहरहरु’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् । गीतमा शब्द संगीत र स्वर समेत स्वयम् लक्ष्मीको नै रहेको छ ।
गोपाल रसाइलीको एरेन्ज रहेको गीतलाई भानुभक्त ढकालले रेकर्ड गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ भने श्याम बागदासले गरेका हुन् । गीतको भिडियोमा पनि लक्ष्मी स्वयं देखिएकी छिन् ।