लक्ष्मीको ‘माइतीको आँगन’ मा समिताको छमछमी

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७६, बिहीबार

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजार तीजमय बन्दै गएको छ । यहि क्रममा गायिका लक्ष्मी पुरी प्रधानले ‘माइतीको आँगन’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।

‘माइतीको आँगन’ गीतमा शब्द किरण के उप्रेती रहेको छ भने संगीत तथा एरेन्ज बुद्ध स्याङबाको रहेको छ । उक्त गीतको निर्देशन तथा कोरियोग्राफी प्रदिप कुमार रसाईलीले गरेका हुन् । दिपक गिरीको छायांकन रहेको गीतको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन् ।
उक्त तीज गीतको भिडियोमा प्रदिप कुमार रसाईली र नायिका समिता गिरीले नृत्य गरेका छन् ।
हेरौं भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु