• खड्का र रोक्कालाई ‘दीर्घ साधना सम्मान’, अन्जु र निशान बने उत्कृष्ट गायक–गायिका

    म्यूजिक खबर
    प्रकाशित: १९ जेष्ठ २०८१, शनिबार

    काठमाडौं । सिनेमा सर्कलको आयोजनामा ‘एलजी सिने सर्कल अवार्ड–२०८०’ सम्पन्न भएको छ । राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हिजो शुक्रबार अवार्डको सातौं संस्करण गरिएको हो ।
    समारोहमा वरिष्ठ मेकअपम्यान अशोक रोक्का तथा दृष्य सम्पादक नरेन्द्र खड्कालाई ‘दीर्घ साधना सम्मान’ द्वारा सम्मानित गरियो । रोक्का र खड्कालाई संघसंस्थाका नेतृत्वहरु र अग्रज कलाकारहरुले जनही ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
    समारोहमा बगान चलचित्रबाट अन्जु पन्तले पाश्र्व गायिका विधाको अवार्ड चुमिन् भने निशान भट्टराई परदेशी–२ बाट उत्कृष्ट पाश्र्व गायक घोषित भए ।

    उक्त समारोहमा उत्कृष्ट पोस्टर, ट्रेलर, भीएफएक्स, स्टन्टआदि विधासहित विभिन्न २३ विधामा अवार्ड प्रदान गरिएको थियो । सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी ग्रुपका प्रवन्ध निर्देशक उद्योगपति वरुण चौधरीले स्वागत मन्तव्य राखेका थिए भने दिनेश डिसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
    कार्यक्रममा लोकप्रिय गायिका देविका बन्दना र गायक यम बरालले आफ्ना कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।

    अवार्ड विजेताहरुको नामावली :

    पोस्टर डिजाइनर : राकेश दाहाल (बुलाकी)
    स्टन्ट : लक्ष्मण सेन्चुरी (काँडेतार)
    भीएफएक्स : अनुपम गौतम शर्मा (उपहार)
    पाश्र्व गायक : निशान भट्टराई (परदेशी २)

    पाश्र्व गायिका : अञ्जु पन्त (बगान)
    द्वन्द निर्देशक : श्री श्रेष्ठ (अगस्त्य)
    कोरियोग्राफर : रामजी लामिछाने (नाङ्गो गाउँ)
    संगीतकार : सुबास भुसाल (बगान)

    निमेष श्रेष्ठ : (दिमाग खराब))
    जोडी : दयाहाङ राई र मिरुना मगर (जारी)
    छायांकार : सुशन प्रजापति (दिमाग खराब)
    ख्लनायक : प्रमोद अग्रहरी (अगस्त्य)

    पटकथाः उपेन्द्र सुब्बा (जारी)
    नव–निर्देशक : उपेन्द्र सुब्बा (जारी)
    ट्रेण्ड सेटर्स अवार्ड : रामबाबु गुरुङ (निर्देशक) तथा (प्रदीप भट्टराई)
    ग्रस कलेक्सन अवार्ड : जारी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु