रियालिटी सो ‘सिंगिङ स्टार’ आजबाट प्रशारणमा

म्यूजिक खबर
प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

काठमाडौं । सांगीतिक क्षेत्रमा अर्को सिंगिङ रियालिटी सो हुने भएको छ । लाइफ ओके टेलिभिजनको आयोजनामा ‘सिंगिङ स्टार’ आजबाट प्रशारण समेत हुने भएको छ ।
आज अर्थात् यहि असोज १६ गतेबाट लाइफ ओके टेलिभिजनबाट प्रशारण हुने सो प्रत्येक हप्ताको शुक्रवार र शनिवार राती ८ः३० देखी ९ः३० सम्म कार्यक्रम प्रशारण हुने छ ।
‘सिंगिङ स्टार’ को लागि प्रसिद्ध गायक प्रकाश तिमिल्सिना, गायिका मन्जु उपासना र संगीतकार मनोज माल निर्णायकका रुपमा रहेका छन् ।

मुलुक भरबाट अनलाईन भिडियो मार्फत अडिसन भइरहेको छ । असोज ३० सम्म भिडियो पठाउन पठाएर दर्ता गर्न सकिनेछ । कोरोना कहरका कारणले अनलाइन मार्फत अडिसन लिइएको आयोजक संस्थाले जनाएको छ । मेरो टेलिभिजनले प्रायोजन गरेको उक्त कार्यक्रम कपिल कार्कीको निर्देशनमा हुने छ ।


कार्यक्रम ५ चरणमा हुने र अन्तिम चरणमा दर्शकको भोटिङको माध्यमबाट उत्कृष्ट ३ प्रतियोगी छनौट गरिने छ । यस कार्यक्रममा प्रथम हुनेलाई ४ वटा गीत रेकर्डिङ र २ वटा म्यूजिक भिडियो द्वितिय हुनेले २ वटा गीत रेकर्डिङ र एउटा म्यूजिक भिडियो र तृतिय हुनेले दुइवटा गीत रेकर्डिङ गर्ने मौका पाउनेछन् ।

निर्णायक टोलीकी मन्जु उपासनाले पछिल्लो समय नेपालमा पछिल्लो समय रियालिटी सोको लोकप्रियता बढेसँगै नयाँ रियालिटी सो थपिनु र आफू पनि निर्णायकका रुपमा जोडिन पाउँदा निकै खुसी लागेको बताइन् । सांगीतिक क्षेत्रमा प्रतिभा भएका तर उचित प्लेटफर्म नपाएका नयाँ कलाकारहरुलाई यस कार्यक्रमले प्रोत्साहन दिने उनले दावी गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु