• लिपुलेकबारे आयो बद्री पंगेनीको गीत ‘कोही बोल्दैनन् सीमा मिच्दा’

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार
    Lipulake

    काठमाडौं । पछिल्लो समय मुलुकको सीमा अतिक्रमण गरी सडक बनाएको अवस्थामा गायक बद्री पंगेनीले नेताहरुलाई सजग गराउने गीत सार्वजनिक गरेका छन् । अहिले नेपाल–भारत सिमा विवाद चुलिएकै बेला ‘कोही बोल्दैनन् सिमा मिच्दा’ बोलको खबरदारीपूर्ण गीत गाउन भ्याएका छन् ।
    अझै नि गणतन्त्र आको छैन् है, शहिदको सपना, मुस्ताङमा स्याउ कुहियो, लाउ चेली सिन्दुर लाउँ, खै त नेताज्यू जस्ता जनप्रिय गीत गाएका पंगेनीले यो पटक शिखर गजरकोटेको सृजनामा देशको लागि गीत गाएका छन् ।

    गीतमा सिमा मिचिदा पनि बोले जस्तो गर्ने नेपाली नेतागत प्रवृत्ति, व्यवस्था परिर्वतन भए पनि जनताको अवस्थामा सुधार नआएको कुरा र जनचाहना बमोजिम काम नभएको कुरा उठान गर्दै नेता र नेतृत्वलाई खबरदारी गरिएको छ ।
    सागर विरहीको संगीत संयोजन रहेको प्रगतीशील गीतको भिडियोमा बद्रि पंगेनी, धर्मराज पोखरेल, दिपेश पोखरेल लगायतले अभिनय गरेका छन् । खेम थापा मगरले छायांकन गरेको भिडियोको सम्पादन तथा निर्देशन विनोद बमले गरेका छन् ।
    गजरकोटे हिमाल एफएमका स्टेशन म्यानेजर हुन् भने उनले पानी मिठो यारी खोलाको, बार लाउ है मायाले, तनहूँ गजरकोट, यत्ति कुरा, तरुनी, घर ज्वाँइ, पुर्वेली कान्छी लगायतका दर्जनौ पुर्वेली पश्चिमेली गीत सृजना गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु