‘जित्छौ हामी’ भन्दै नेता, कलाकारदेखि खेलाडीसम्म एउटै म्यूजिक भिडियोमा

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार

काठमाडौं । कोरोना कहरबीच देश नै लकडाउनमा रहेको बेला तथा देशको सीमा अतिक्रमणको मुद्दा चर्किरहेको बेला राष्ट्रभक्ती गीत ‘जित्छौँ हामी’ सार्वजनिक भएको छ ।
विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाईरसको समयमा कतिले आफन्त गुमाएका छन्, कति अस्पतालको शैयामा संघर्ष गरिरहेका छन्, कतिले रोजगार गुमाएका छन् भने हामी सबै त्रशित छौँ । कतिले भने त्राशको बीच पनि काम गर्नु परिरहेको छ । कतिले देशको सेवा गरिरहनु परेको छ । यसैबीच सार्वजनिक यस गीतले हामीलाई हौसला दिने काम गरेको छ ।

साथै, रोगसँग मात्र नभएर अतिक्रमणमा परेको नेपालको भूमि फिर्ता ल्याउन समेत हामीले विजय हासिल गर्न यस गीतले हौसला दिने गीतका रचनाकार संजोक बश्यालले बताए । यस गीतमा बिनोद बानियाको स्वर तथा संगीत रहेको छ ।

संजोक र बिजय बश्यालले निर्देशन गरेको गीतमा नेताहरु बाबुराम भट्टराई, कोमल ओली, पृथ्वीसुब्बा गुरुंग, खेलाडीहरु अनिल गुरुंग, सिपोरा गुरुंग, साबित्री भण्डारी, कलाकारहरु अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, माओत्से गुरुंग, प्रकाश घिमिरे, निराजन प्रधान, मिलन शंकर, शाहिल खान, कवि तिर्थ श्रेष्ठ, साहित्यकार सरस्वती प्रतिक्षा लगायतको अभिनय रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु