लोक दोहोरी अवार्डमा कृष्णसुधालाई लाइफटाइम, रायमाझीलाई लोक पत्रकारिता सम्मान

म्यूजिक खबर
प्रकाशित: १५ आश्विन २०८०, सोमबार

काठमाडौं । आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रममा वरिष्ठ गायक, सर्जक कृष्णसुधा ढुंगानालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ भने लोकप्रिय संचारकर्मी राजकुमार रायमाझी लोक पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा भएको ‘आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०’ मा लोकप्रिय सञ्चारकर्मी राजकुमार रायमाझीलाई नगद रु १११११ नगद राशिसहित लोक पत्रकारिता सम्मान प्रदान गरिएको हो ।

बि. सं. २०६२ मा रेडियो एचबिसिबाट सञ्चार क्षेत्रमा प्रबेश गरेका राजकुमार रायमाझीले नेपाल टेलिभिजन, नेपाल टेलिभिजन प्लस, टि. भी. टुडे, रेडियो उपत्यका, रेडियो मलमलामा लामो समय लोक संगीत सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए भने संगीतयात्रा राष्ट्रिय मासिक र जनदृष्टिकोण राष्ट्रिय मासिकमा निरन्तर कलम चलाएका थिए । हाल उनी रेडियो एन.आर.एन.मा दैनिक कार्यक्रम लोक सिर्जनामार्फत निरन्तर पत्रकारिता गर्दै आएका छन् ।

रायमाझी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल केन्द्रीय समितिका सह—सचिव एवं सञ्चार विभाग संयोजक समेत हुन् । करिब १९ बर्षको सञ्चार यात्राको एउटा ठुलो सफलता मिलेको महसुस गदैै रायमाझीले आफुलाई हरेक यात्रामा साथ सपोर्ट गर्ने प्रति र सम्मान गर्ने आयोजक प्रती आभार प्रकट गरेका छन् । यो सम्मानले अझै थप जिम्मेवारी संगै चुनौती पनि थपिएको बताउँदै आफ्नो सञ्चार कर्मलाई अगाडी बढाउने सोच रहेको कुरा रायमाझीले बताए । रायमाझी उपत्यका समन्वय ललितपुर समितीको संस्थापक सह संयोजक हुँदै हालः प्रतिष्ठानको केन्द्रिय सह सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यसैगरी कार्यक्रममा उपत्यका समन्वय बिशिष्ट सम्मान (बेबारिसे लास ब्यवस्थापन कि सदस्य) सपना रोका, संस्थागत सम्मान वरिष्ठ गायक पुरुषोत्तम न्यौपाने, लोक दोहोरी अवार्ड बिशेष सम्मान सर्जक शिब हमाललाई सम्मानित गरियो भने दशकका श्रष्टा सम्मान एक नारायण भण्डारीलाई प्रदान गरियो । त्यस्तै सदाबहार लोक गीत सम्मान बाबरी फुलको बोट (पाण्डब सुनुवार)लाई अर्पण गरियो । त्यस्तै दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशु प्रदान गरिएको थियो ।

अवार्डमा श्रीकृष्ण बममल्लले उत्कृष्ट भाकातर्फको अवार्ड चुम्न सफल भए । त्यस्तै चर्चित मोडलको अवार्ड रुविना अधिकारीलाई प्रदान गरिएको थियो भने पब्लिक च्वाइस मोडलको अवार्ड जुना गुरुङले हात पारेकी थिइन् । त्यस्तै म्यूजिक भिडियो सम्पादनतर्फको अवार्ड मिलन विश्वकर्माले चुम्न सफल भए भने उत्कृष्ट संगीत संयोजकको अवार्ड विश्वास नेपालले प्राप्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु