वरिष्ठ उपाध्यक्षमा रिता थापा, १० जना निर्विरोध निर्वाचित

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७६, शनिबार

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ अधिबेशन यतिबेला पोखरामा चलिरहेको छ । नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनको वरिष्ठ उपाध्यक्षमा पहिलोपटक महिलालाई वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित गरिएको छ । रिता थापा मगर वरिष्ठ उपाध्यक्ष पदमा चयन भइसकेकी छन् भने उनीसँगै प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्ष राधिका हमाल निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी महासचिवमा सुबास केसी निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिवमा नै रहेर कार्यभार सम्हालेका थिए । त्यसैगरी उपमहासचिवमा शिब हमाल र शंकर बिसी, सांगठनिक सचिबमा खुमन अधिकारी, महिला सचिबमा जमुना राना, सहकोषाध्यक्ष (महिला) मा पूर्णकला बिसी निर्विरोध निर्बाचित भएका छन्। निर्विरोध भइसकेको भए पनि औपचारिक रुपमा भने घोषणा भएको छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु