काभ्रेमा सहकारीहरुबिच जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०८०, शनिबार

काभ्रे । ६७ औं राष्ट्रिय सहकारी दिवसमा मंगलबार काभ्रेमा जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकको आयोजनामा जिल्ला स्थित सहकारीहरुबिच लोक दोहोरी प्रतियोगिता गरिएको हो ।

‘सहकारीमा सुशासन : प्रविधी र एकीकरण’ भन्ने मुल नाराका साथ सन्चालित लोक दोहोरी प्रतियोगितामा जिल्लाका ३० वटा सहकारीहरुको सहभागिता रहेको थियो । प्रतियोगिहरुले सहकारी सम्बन्धि सन्देशमुलक लोकदोहोरी गीत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा श्री नवदुर्गा साकोसले प्रथम, बुडोल सामुदायिक साकोसले दोस्रो, अग्रसर पञ्चामृत बहुउद्देश्यीय सहकारीले र कल्याणकारी बहुउद्देश्यीय सहकारीले सान्त्वना स्थान हासिल गरेको जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकका अध्यक्ष दिलिप शर्माले जानकारी दिए ।

प्रतियोगिताका प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपालका केन्द्रिय उपाध्यक्षद्वय सुवास केसी र राधिका हमाल, राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपाल बागमती प्रदेशका अध्यक्ष बासु सिमखडा र वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा निर्णायक भूमिकामा थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु