अन्तराष्ट्रिय अवार्डमा नेपाली गीतकारको प्रतिस्पर्धा, भोट गर्न गीतकार संघ र संगीत उद्योग संघको अपिल

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०८०, मंगलवार

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने ‘छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्ड’ मा नेपाललाई ठुलो सफलता हात परेको छ । ‘इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसन’ को आयोजनामा हुने यस अवार्डका लागि प्रसिद्ध नेपाली गीतकार लोकराज अधिकारी पनि मनोनयनमा परेका छन् । उनी अर्जुन पोख्रेलको सङ्गीत प्रताप दाश र शान्ता जिसीको स्वर रहेको ‘यस्तो भाछ मलाई त’ बोलको गीतबाट मनोनयनमा परेका हुन् ।

अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् । इन्टरनेशनल सिइगर संङग राइटर्स एशोशिएनले आयोजना गर्न लागेको विभिन्न ४६ विधाको अवार्डमा नेपालबाट अधिकारी एक्लो मनोनयनमा परेका हुन् । उनी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन् । आयोजकले इलेक्ट्रोनिक भोटिङ खुला गरेको छ ।

अन्तराष्ट्रिय अवार्डका नेपाली गीतकार मनोनयनमा पर्नु सम्पूर्र्ण नेपालीको लागि खुशीको कुरा हो । यदि उनले अवार्ड नै जिते भने राष्ट्रका लागि नै उपलब्धी हुनेछ । यहि खुशीको सन्दर्भमा नेपालबाट मनोनयनमा परेका गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार सङ्घ र संगीत उद्योग संघले अपिल गरेका छन् ।

गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले सङ्घको आधिकारिक सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उक्त अपिल गरेका हुन् ।

अपिल यस्तो छ :

‘यस संस्थाका पूर्व कार्यसमिति सदस्य समेत रहेका लोकप्रिय गीतकार लोकराज अधिकारी अमेरिकाको एटलान्टामा आयोजना हुने आएसएसए सिंङगर सङ्ग राइटर्स अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय गीतकार पुरुष विधामा मनोनीत हुनु भएकोमा बधाई र शुभकामना’, बित्यासिले अगाडि थपेका छन् ‘समग्र नेपाली भाषी गीतकारहरूकै एक मात्र प्रतिनिधित्व भएको यस अवार्डमा गीतकार अधिकारीलाई टप २० मा पुराउनका लागि विश्वभर रहनु भएका नेपाली र नेपाली भाषी सबैले विद्युतीय भोट गरिदिनु हुन संस्थागत अपिल गर्दछौ ।’

‘छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्ड’ मा पर्न सफल गीतकार अधिकारी पनि भोटका लागि आग्रह गर्दै भन्छन् – “अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु । मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु”, गीतकार अधिकारीले भन्नुभयो, “एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु ।”

त्यस्तै संगीत उद्योग संघल भोटका लागि हार्दिक अपिल भन्दै संस्थागत अपिल सार्वजनिक गरेको छ । संगीत उद्योग संघको अपिल यस्तो छ :

विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन सकिने जनाइएको छ ।उक्त मतका आधारमा वैशाख २० गते उत्कृष्ट २० घोषणा गरिने छ । गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपाली भाषी गीतकारको प्रतिनिधित्वका रूपमा यो मनोनयनलाई लिएको प्रतिक्रिया दिदै स्वदेश तथा विदेशमा रहनु भएका नेपालीलाई आफूलाई भोटका गर्न लागि अनुरोध गरेका छन् । भोटिङबाट टप २० को छनौट हुनेछ ।

गीतकार अधिकारीका ‘तिमिले पराई ठानेपछि’, ‘रूपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’, ‘हेप्नी मलाई’, ‘घन्काइदेऊ मादलु’, ‘रूपौली रानी’लगायत दर्जनौँ गीत हिट छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु