गिनिज बुक अफ वल्ड रेकर्ड ‘युगल नृत्य’मा नेपाली दिदी-बहिनीले तोडे रेकर्ड

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । पछिल्लो समयमा नेपाली नारीहरुले एक पछि अर्को गर्दै गिनिज बुक अफ वल्ड रेकर्ड मा नाम लेखाउने प्रयास जारी छ । चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गर्नुपर्नेमा ४१ घन्टा ५ मिनेट नृत्य गरेर गिनिज बुक अफ वल्ड रेकर्ड का लागी रेकर्ड राख्न सफल भएका छन् ।

दुई दिदी-बहिनी रुबिशा र एलिशाले जेठ ११ गते बिहान ९ बजेबाट नृत्य गर्न सुरु गरेका हुन् । दुई दिदी-बहिनी रुबिशा र एलिशाले लगातार नृत्य गर्ने क्रममा खुट्टामा घाउ भएर ब्यान्डिज लगाउनुका साथै स्टेजमा बरफहरु छरिएको थियो । कार्यक्रम सकिए पश्चात बुवा आमा लगायत सबैको अनुहारमा रुवाबासी सँगै आँखामा खुसीको आसु झरेको थियो ।

 

सोमबार बिहान समापन कार्यक्रम पुर्व खेलकुद मन्त्रि राजन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यस कार्यक्रममा अतिथीको रुपमा बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायत अन्य रहेका थिए ।

कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सो कार्यक्रमको सुरुवात देखी मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए भने मिडिया सपोर्टरको रुपमा बिरेन्द्र ओली रहेका थिए । गोल्डेन आई डान्स सेन्टरले आयोजना गरेको यस कार्यक्रममा गिनिज बुक अफ वल्ड रेकर्डस ईभेन्ट नेपालले ईभेन्ट म्यानेज गरेको थियो ।

कार्यक्रम अवधीभर साथ दिएको भन्दै सम्पुर्ण पत्रकार र दर्शकहरुलाई रुबिशा र एलिशाको बुवा आमा शन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठले आभार प्रकट गरेका छन् ।

 

‘नाचेर विश्व किर्तीमान’ कायम गर्न सफल भइन् नेपाली चेली बन्दना नेपाल ! तोडिन् भारतीय नागरिकले बनाएको रेकर्ड

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु