अन्तरजातिय जोडीको सन्देशपुर्ण प्रेम समेटिएको कर्णप्रिय गीत : गैरी खोला बनैमा

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०८०, मंगलवार

काठमाडौ । चर्चित गायक प्रकाश तामाङ तितुङ, र पछिल्लो समयकी सफल गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीतमा आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको गीत ‘खुइले बाजे’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा स्वयम बिक्रम (खुइले बाजे), पछिल्ललो समय चर्चित मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन् । जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ । सोहि अनुसार नै प्रिमिल जोडीको प्रेम सम्वन्धलाई म्युजिक भिडियोमा देखाइएको छ । गीतको भाव अनुसार मिस पवि र बिक्रमको जोडीको जमेको छ ।

बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन् । यस भिडियोको करल बिष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु