‘दिल चोरी लैजाउ ए प्रियतम’ भन्दै लभ जोनमा गायिका नित्याशिवा र गायक शम्भु

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७६, मंगलवार

काठमाडौ । चलचित्र लभ जोन को रोमान्टिक गीत सार्वजनिक भएको छ । माघ १० गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रवार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘दिल चोरी लैजाउ ए प्रियतम’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा नित्याशिवा र गायक शम्भु रैका ले स्वर दिएका छन् ।

गीतको शब्द रचना तथा संगीत  शंकर अधिकारी घायल रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । गीतमा प्रेम रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ  । राजन मर्हजनको नृत्य निर्देशन  , विश्वास भण्डारीको सम्पादन  भिडियोमा रहेको छ । ‘दिल चोरी लैजाउ ए प्रियतम’ गीतको भिडियोमा राजन र रुविको नृत्य तथा अभिनय रहेको छ ।
‘दिल चोरी लैजाउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

<iframe width=”100%” height=”369″ src=”https://www.youtube.com/embed/2M8RhbSesRY” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु