• कमल र आर्जुको ‘लुकी लुकी’ रोमान्स भाइरल

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७७, सोमबार

    काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक कुमार पौडेलको स्वर रहेको लुकी लुकी हेरेको बोलको गीत चर्चामा आउन थालेको छ ।

    गीतको भिडियोमा कलाकार कमल सिंह र आर्जु खरेलले अभिनय गरेका छन् । बाल कलाकार प्रसिदीका खड्का समेत रहेकी म्युजिक भिडियो निकै नै मोहक र आर्कषक बनेको छ ।

    कुमार पौडेलले लेखेको गीतमा राजकुमार बगरले संगित भरेका हुन् ।विशाल नेपालीले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाइले गरेका हुन् ।
    बिग नेपाली फिल्मले सार्वजनिक गरेको भिडियो निकै नै रोमाञ्चक रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु