रहेनन् बरिष्ठ गीतकार रत्न शमशेर थापा

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौ । बरिष्ठ गीतकार रत्न शमशेर अब भौतिकरुमा हामी माझ रहेनन् । उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याएको थियो । गीतकार थापाको ८३ बर्षको उमेरमा आज बिहान साढे ११ बजे (बिहिबार) उनको निधन भएको हो । बेलुकी ६ बजे रिपोर्ट आएपछि थापाको पार्थिव शरीर परिवारलाई वुझाइने जानकारी प्राप्त भएको छ ।

उनले लेखेका गीतको बोल खुलाउनासाथ उनको सांगीतिक साहित्यिक उचाइ थाहा पाइहालिन्छ । घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, ए कान्छा ठट्टैमा, पन्छीमा राम्रो डाँफे, जाग लम्क चम्क हे जस्ता कालजयी र राष्ट्रभक्ति गीत लेखेका उनका थुप्रै गीत लोकप्रिय छन् । गीत संगीतमै आफ्नो महत्त्वपूर्ण समय खर्च गरेका रत्नशमशेर थापाले धेरै विधामा कलम चलाए । उनले कविता र गीत मात्रै लेखेनन्, कथा र नाटक पनि लेखे । गीति कथा पनि लेखे । गीतकार तथा साहित्यकार रत्नशमशेर थापाको मूलथलो कमलपोखरी काठमाडौ नै हो ।
उनका शब्दमा नातीकाजी, प्रेमध्वज प्रधानज र नारायण गोपाल, माणीकरत्न लगायतका पुराना पुस्ताका गायकदेखि नयाँ पुस्ताका गायक गायिकाहरुले स्वर दिएका छन् । त्यस्तै राष्ट्रियस्तरका थुप्रै सम्मान, पुरस्कार तथा अवार्ड पाएका रत्न शमशेर भौतिक रूपमा हामी नरहे पनि उनले लेखेका गीत सदा गुन्जिरहने छन् । हार्दिक श्रद्धाञ्जली ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु