• भ्रष्टाचार र बेथितिविरुद्ध गीत ‘म त बोल्ने हो’

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७९, शनिबार

    काठमाडौँ । देशमा बढ्दै गएको भ्रष्टाचार र बेथितिलाई समेटिएको गीत ‘म त बोल्ने हो’ सार्वजनिक भएको छ । गायक राजेन्द्र कँडेलको स्वर रहेको उक्त गीतमा गोबिन्द पराजुली, राजेन्द्र बाजुराली, प्रेमा राना र रुपी सिन्जाली मगरको कोरस गायन रहेको छ ।

    गीतमा रमेश लुुईंटेलको शब्द रहेको गीतमा संगीत राजेन्द्र कँडेलकै रहेको छ । बिनोद बाजुरालीको एरेन्ज रहेको छ भने खड्क बाजुरालीले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

    देशमा भ्रष्ट्रचारीहरुको अखडा भएको र बेरोजगार हुनु परेरको आक्रोश पोखिएको छ । अब देशलाई समृद्ध बनाउनका बोल्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ ।
    रमेश लुईंटेलकै परिकल्पनामा तयार भएको भिडियोलाई गायक तथा संगीतकार स्वयं राजेन्द्र कँँडेलले नै निर्देशन गरेका हुन् ।

    गीतको भिडियोमा कमल गाउँले लगायत थुप्रै अनुहारलाई देख्न सकिन्छ । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।

    गीतको भिडियोलाई नेपाली मेलोडियस युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु