मचिन्द्र राईको लोक डान्सिङ गीत ‘फूलको कुरा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७६, आईतवार

काठमाडौं । गायक मचिन्द्र राईको नयाँ गीत मार्फत ‘फूलको कुरा’ बोलको लोक डान्सिङ बिटको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक जसबहादुर याख्खा ‘जसु’ले निर्देशन गरेका हुन् भने सोही गीतको भिडियोमा चर्चित हास्य कलाकार उमेश राई ‘फुःलेन्देकी आमा’ मोडल मौसमी कन्दङ्वा सुब्बा र आरुशीको अभिनय रहेको छ ।

उक्त गीतको भिडियोमा त्रिकोणात्मक रुपमा प्रस्तुत गरेका छन् अर्थात उमेश राई, मौसमी र आरुशीबीच त्रिकोणात्मक प्रेम चक्करलाई कलात्मक रुपमा भिडियोमा उतारिएको छ । ‘फूलको कुरा’ बोलको गीतको भिडियोलाई सन्देश राईको कोरियोग्राफी रहेको छ भने सोही गीतमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु