
काठमाडौं । गायक तथा संगीतकार मदन गोपालको देशभक्तिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक गरेका छन् । गीतकार रमेश अधिकारीको रचना ‘लिपुलेकको बाटो’ म्यूजिक नेपालको आधिकारीक यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा गोपालको आफ्नै स्वर र संगीत रहेको छ भने आरके श्रेष्ठले सहायक आवाज दिएका छन् ।