रणहारलाई मदन पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७६, सोमबार

काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार असोज १२ गते वितरण गरिनेछ । गुठीले मदन पुर‍स्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय गरेको छ । काइँला तेस्रो आयाम साहित्यिक अभियानका मध्येका कवि हुन् । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यो वर्ष दुबै पुरस्कारको राशी चार चार लाख रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु