‘मधुमालती’मा राजेशपायल र मेलिना

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार

काठमाडौं, २ असोज । बाजी, मृत्युञ्जय, आजका युवा आदि चलचित्र निर्माण प्रदर्शन गरिसकेका निर्माता तथा संगीतकार दिपक रमणको संगित रहने चलचित्र ‘मधुमालती’को मंगलबार एक कार्यक्रम बीच ‘घुम्न जाउँ मुस्ताङ्गको बजार….’ बोलको गीत रेकर्डिङ आरम्भ गरिएको छ । गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ ।

दशैं लगतै छायाँकनमा जाने बताईएको ‘मधुमालती’ का निर्देशक जनक कार्की हुन् भने निर्माता शंकर कार्की रहेका छन् । पारिवारिक कथावस्तुमा आधारित रहने यस चलचित्रका लागि कलाकार छनौंट भैरहेको निर्माणपक्षले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु