• तिजको अबसरमा हर हर महादेव मेगा तिज महोत्सब

    म्यूजिक खबर
    प्रकाशित: २ भाद्र २०७७, मंगलवार

    काठमाडौँ – नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा हर हर महादेव, घर घर महादेव, मेगा तिज महोत्सब हुने भएको छ। लोकप्रिय हास्य कलाकार, जादुगर निर्माता निर्देशक तथा नायक महादेव त्रिपाठीले मेगा टेलिभिजन बाट प्रसारण गर्दै आएको कार्यक्रम हर हर महादेव, घर घर महादेवको माध्यम बाट उक्त कार्यक्रम गरिने जानकारी गराईएको छ। कोभिड-१९ को विषम परिस्थितिमा समेत मनोरंजन प्रदान गर्ने उदेश्यले टेलिभिजन मार्फत तिजको माहोललाइ घर घर बाट दृश्य कैद गर्दै महिला दिदि दिदि बहिनिको तिज कार्यक्रमलाइ प्रसारण गरिने कार्यक्रम रहेको जानकारी महादेव त्रिपाठीले गराएका छन्।

    विभिन्न कार्यक्रमहरुलाइ समेत समेट्दै, सम्पूर्ण क्षेत्रमा भएका गतिबिधिहरुलाई मेगा टेलिभिजन मार्फत प्रसारण गर्दै आएका कार्यक्रम संचालक महादेव त्रिपाठीले बिशुद्द मनोरंजन प्रदान गर्ने उदेश्यले कार्यक्रम गर्दै आएको बताएका छन्। उनि भन्छन कुनै पनि इभेन्टहरु टेलिभिजन मार्फत प्रसारण गर्दै शुभकामना समेत दिन चाहनुहुन्छ भने र कार्यक्रमलाइ हास्यव्यङ्ग, गित संगीत र नाच बाट रमाउन चाहनु हुन्छ भने अल इन वान प्याकेजमा काम गर्ने समेत उनले जानकारी गराए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु