• महेशविक्रम र टीका पुनको स्वरमा ‘बर्षैमा आउँछ देउसी र भैलो’

    म्यूजिक खबर
    प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार

    काठमाडौं । गायक महेश बिक्रम पाण्डे र गायिका टीका पुनको स्वरमा नयाँ गीत ‘बर्षैमा आउँछ देउसी र भैलो’ को भिडियो बजारमा आएको छ । यो वर्षको तिहारलाई लक्षित गरेर यो गीतको भिडियो रिलिज गरिएको छ । गीतको भिडियोलाई पुजा गुलुङ युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
    यो गीतको शब्द, संगीत र संगीत संयोजन पनि महेश बिक्रम पाण्डेकै रहेको छ । गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ गरेका हुन् । गीतलाई पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको रहेछ ।

    यो गीतको भिडियोमा पवन कुमार, प्रिती गुरुङ, शुशिल मगर, नर्वदा लकान्द्रीको अभिनय रहेको छ । गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । जसमा टंक केसी र आरडी ढकालको छायाँकन रहेको छ । भिडियोलाई कलर करेक्सन राजकुमार मगरले गरेका हुन् । भिडियोमा तिहारको देउसी भैलो संस्कृतिलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु