महेश र एलिनाले यसरी सम्झिए दशैं

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७७, बिहीबार

काठमाडौं । गायक महेश विक्रम पाण्डे र गायिका एलिना चौहनले नजिकिँदै गरेको दशैंलाई यसरी सम्झिएका छन् । ‘आयो दशैं घर दैलो नेर, रमाउँ है दुःख पिर बिर्सेर’ गीतमा गायक पाण्डेर गायिका चौहनको स्वर रहेको छ । दशैंलाई सम्झिएर रमाइलो गरौं भन्ने भावका साथ गायक पाण्डे र गायिका चौहानले गीतलाई पूर्णता दिएका छन् ।

‘आयो दशैं घर दैलो नेर रमाउँ है दुःख पिर बिर्सेर’ गीतमा पूजा गुरुङको संगीत एवं प्रदीप प्रखर पोखरेलको शब्द रहेको छ । गीतको संगीत संयोजन एवं ध्वनि मुद्रण गायक पाण्डेले नै गरेका छन् । रामेश्वर ढकालको छायाँकन रहेको गीतको म्यूजिक भिडियोलाई गायक पाण्डेले नै सम्पादन गरेका छन् । मदन खड्काको निर्देशन रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चा बटुल्दै गरेकी अभिनेत्री तथा मोडल अनिता गिरीको साथमा अनुप श्रेष्ठ, हरिष भण्डारी, आकाश रोकाया, डीएन श्रेष्ठ, पवन कुँवरको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु