हरि विष्टको तिज गीत ‘माइतीको देश–२’

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार ०६:५६
Hari Bista

काठमाडौं । हरि विष्टको नाम लिने वित्तिकै मौलिक तिज गीतको सम्झना आउने गर्छ । नेपाली गीतसंगीतको क्षेत्रमा विष्टलाई मौलिकता पस्किने गीतकारका रुपमा चिनिने गरिन्छ । उनी तिजका गीतहरु बजारमा एकपछि अर्को आइरहँदा पनि चुप लागेर बसिरहन्छ । जब तिज आउन १०–१५ बाँकी हुन्छ त्यसपछि गीत सार्वजनिक गर्ने गर्छन् । गीत राम्रो हुनुपर्छ चाँडो निकाल्दैमा हुने होइन गीतकार विष्ट भन्छन् ।

विष्टको शब्द तथा लयमा तिज गीत ‘माइतीको देश–२’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका टीका पुनको स्वरमा रहेको तिज गीतलाई विष्टले जनैपूर्णिमाको शुभसाइतबाट सार्वजनिक गरेका हुन् । झलक संगीतमको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियोमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ । करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु