मालिका केशरीको ‘दुङाल’लाई दुई लाख पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७९, आईतवार

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार ‘दुङाल’का लेखक मालिका केशरीलाई प्रदान गरिने भएको छ । उपन्यासकार मालिका केशरीको उपन्यास दुङाल तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास हो । यही उपन्यासको लागि आभाष साहित्य कोषले दुई लाख राशीसहित प्रमाणपत्र सहित प्रदान गरिने कोषका संयोजक उत्तम बस्नेतद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहका बीच उक्त पुरस्कार प्रदान गरिने कोषले जनाएको छ ।
केशरीका यसअघि कथा सङ्ग्रह ‘मिरमिरे’ (२०५८), ‘पुरुत्थान’ उपन्यास (२०७२) तथा ‘सुवर्णलता’ (२०७४) प्रकाशन भइसकेका छन्। उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु