• लोकप्रिय गायक मानस राजको फरक शैलीको गित Happy birthday सार्बजनिक(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७७, शनिबार

    काठमाडौँ – लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित “Happy Birthday” को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक र सम्भवत नेपाली सांगीतिक ईतिहासमै पहिलो फरक शैलिको जन्मदिन बिषेश गित Happy Birthday गितको म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्।

    यस भन्दा अघि मानस राजले विभिन्न लोकप्रिय गितहरूमा रचना, संगित र गायन गरिसकेका छन । जसमध्ये चलचित्र रेशम फिलिलि को पारि त्यो डाडामा गितमा मानसको रचना रहेको छ, चलचित्र डायरीको माया माया गितमा रचना तथा संगित भरेका मानसले ‘भाइरल भैदियो’, बाट आफ्नो गायन यात्रा शुरू गरेका हुन । त्यसयता ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता चर्चामा रहेको गित पछि उनले अहिले …Happy Birthday गितको भिडियो लिएर आएका छन् ।

    जुन गित सेलिब्रेस्नल birthday गित रहेको छ र जन्म दिनको शुभकामना दिदै अनि नाच्दै रमाइलो गर्न मिल्ने गित रहेको छ ।

    सुब्रत राज आचार्यको निर्देशन, गम्भीर बिस्टको कोरियोग्राफिमा सरोज राना प्रजा, अभिषेक श्रेष्ठ र निकिता आचार्यको सुन्दर अभिनय र नृत्यले भिडियो सकिएको थाहै हुदैन। भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ ।

    गायक मानस राजको आफ्नै शब्द, स्वर र संगीत रहेको गितलाइ उदय राज पौडेलले एरेन्ज गरेका हुन्।

    भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु