गायिका माण्डवी त्रिपाठी र संगीतकार बिपिन आचार्यको सहयात्राको नवौं वर्ष पुरा

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७६, शुक्रबार
Bipin Acharya- Mandabi Tripathi

अहिले सांगीतिक क्षेत्रमा नाम, दाम र कामको खाँचो नभएका गायिका माण्डवी त्रिपाठी र संगीतकार विपिन आचार्य वास्तविक जिवनका जोडि हुन् । यो सांगीतिक जोडिले एकअर्कालाई साथ दिएको आज नर्वौं वर्ष पुरा भई दशौं वर्षमा पुरा भएको छ ।
नवौं वर्ष पुरा गरी दशौं वर्षमा प्रवेश गरेकोमा संगीतकार विपिनले खुशी साट्दै भने –‘माण्डवी मेरी लक हुन् । मेरो सफलता र खुसीको कारण नै माण्डवी हुन् । सांगीतिक क्षेत्रमा पाएको सफलताबाट उनी कहिलै मातिएको अनुभव गर्नु परेन, झन् अनुशासित बन्दै गइन् ।’

यस्तै माण्डवी भन्छिन् – ‘विश्वास र प्रेमले नै हाम्रो सम्बन्ध टिकेको हो । आफ्नो पेशा र रुची बुझ्ने श्रीमान पाउनु भनेको नारीको भाग्य हो । हो तिनै भाग्यमानी नारीमा पर्दछु म पनि । मलाई साथ मात्र होइन, प्रोत्साहन पनि दिनुहुन्छ मेरो श्रीमानले । हामी बिचमा साथीको सम्बन्ध छ । हाँसीखुसी नवौं वर्ष बित्यो । सदैव यसरी बितोस् भन्ने कामना गर्दछु ।

माण्डवीले हजारौं गीतमा स्वर भरेकी छिन् । ती मध्ये ‘सिम्पल सिम्पल’ ‘ढल्क्यो ढल्क्यो’ मेरो बारुले कम्मर लचक्कै, मात लाग्यो लगायतका दर्जनौं गीत सुपरहिट बनेका छन् । यता बिपिनले पनि चलचित्र, आधुनिक, लोक सबै बिधाका थुप्रै गीतमा संगीत भरेका छन् । मेरो एउटा साथी छ, श्रीमान श्रीमती, घनचक्कर, लगायत थुप्रै हिट चलचित्रहरुमा बिपिनले संगीत भरेका छन् । विपिनले सयौं आधुनिक गीतहरुमा संगीत तथा संगीत संयोजनको काम गरेका छन् भने माण्डवीको स्वर र विपिनको संगीत भएका गीत पनि हिट भएका छन् । तिम्रो बारुले कम्मरमा यहि दम्पत्तीको सहकार्य रहेको छ ।

एक अर्कामा समर्पित र अनुशासित रहेको यो जोडीको सन्तानमा २ छोराहरु छन् । ए.बी रेकर्डिङ स्टुडियो समेत सञ्चाल गर्दै आएका गायिका माण्डवी त्रिपाठी र संगीतका बिपिन आचार्यलाई दशौं वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु