‘नजाउ टाढा’ भन्दै आए माण्डवी, बिपिन र नमराज

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७७, आईतवार

काठमाडौं । मुलुकमा लकडाउन छ तर पनि सांगीतिक मनहरुलाई कहिल्यै लकडाउन हुन सकेको छैन । साहित्यिक मनलाई लकडाउनले झन् उर्जा थपेको छ । लकडाउनको वास्ता नगरीकन साहित्यकार नमराज घिमिरेले आफ्नो शब्दमा नयाँ गीत सार्वजननिक गरेका छन् ।
मायाप्रेमभित्रको वेदनालाई गीतकार नमराज घिमिरे‘शिखर’ले राम्रोसँग उनेका छन् । गीतको संगीत र संगीत संयोजन भने विपिन आचार्यले गरेका छन् । गायिका माण्डवी त्रिपाठीको स्वर रहेको गीत ‘नजाउ टाढा’ लाई लकडाउनको यो समयसीमामा सार्वजनिक गरिएको हो ।

यस गीतको म्यूजिक भिडियोमा मुस्कान घिमिरे र भुवन श्रेष्ठको अभिनय रहेको छ । भिडियोको छायाँकन, सम्पादन र निर्देशन दिपक जोशीको रहेको छ । भिडियोलाई माण्डवी त्रिपाठीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
विश्व अहिले कोरोनाले ग्रस्त छ । यहि जोखिमपूर्ण अवस्थामै गीतको भिडियो तयार पारिएको संगीतकार बिपिन आचार्यले हामीलाई बताए ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु