मार्मिक गीत ‘शहरले गाउँ धपाउँछ’

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । गीतकार तथा संगीतकार समेत रहेको नेकपाका स्थायी समितिका सदस्य मणी थापाको शब्दमा नयाँ गित सार्वजनिक भएको छ ।
धनु ग्यांग्मीको संगित तथा स्वर रहेको गितले शहर गाउँबीचको कथा बोकेको छ । थापा तिनै सर्जक हुन् जसले करिब ४ दशकदेखि लगातार श्रमिक र गरिबको पक्षमा प्रगतिशिल सिर्जना गरिरहेका छन् । उनको चर्चित रचना ‘फोकल्याण्डको टापुबाट’ हो । उनले ०३८ सालमा यसलाई रचना गरेका थिए भने चर्चित गायक जिवन शर्माले यसलाई संगीत तथा स्वर दिएका थिए ।

उनको अर्को चर्चित गित ‘अरुण तरेर नाना’ हो । संगित समेत आफैले गरेका उनको यो गितमा स्वर भने प्रदीप देवानले दिएका थिए । सोलो एल्बम ‘गाथा’ निकालेका थापाले ‘दशगजा’ र ‘भिमदत्तमा’ शब्द, संगीत दिएका थिए भने नवल खड्काको बन्दै गरेको फिल्म ‘काडेतार’मा पनि उनले संगीत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु