मनिष ढकालको ‘बटौली’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाली गीत संगीत क्षेत्रमा प्रतिभाशाली कलाकारको आगमनले संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गैरहेको छ । यसै भित्र पर्ने यक प्रतिभाशाली गायक मनिष ढकालले बटौली बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘परदेशी नभन तिलहरी’ लगायत अन्य थुप्रै चर्चित र पृथक गीत संगीत सोर्ता दर्शक माझ प्रस्तुत गरिसकेका प्रतिभाशाली गायक मनिष ढकाल आफ्नो नयाँ गीत बटौली लिएर बजारमा आएका छन् ।

उक्त गीतमा हर्क साउदले शब्द रहेको छ भने मनिष ढकालको स्वर रहेको छ । उक्त सार्वजनिक गीतमा एस, डी योगीको संगीत रहेको छ भने सोही गतिमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । नबिन चौहानले निर्देशनले गरेको भिडियोमा सुन्दर कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा बिपिन कार्की , अनु काफ्ले , सुमन मगर , मनांग लावती , मनिष ढकाल , हर्क साउद, साजन सुबेदीको अभिनय रहेको छ । उक्त गीतको छायांकन बबिन दुलालको रहेको भिडियोमा फुरी शेर्पा सहायक छायाकारका रुपमा रहेका छन । र सुनिल पौडेलले भिडियोलाई सम्पादन गरेका हुन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु