मनिषा कोइरालाको स्वरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार
manisha-koirala

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाको स्वरमा शक्तिशाली शिव मन्त्र ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक भएको ‘महामृत्युञ्जय मन्त्र’मा मनिषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वत्री खत्रीको स्वर छ । राजीव श्रेष्ठको सितारा, प्रेम रानीको बाँसुरी र विकास सिंहको गितार यसमा सुन्न सकिन्छ ।

यो मन्त्रको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका हुन् ।उज्ज्वल जोशी र जावेद खानको छायांकन रहेको यो भिडियोलाई पाशुपत क्षेत्र र पाटन दरबारमा खिचिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु