किन यस्तो भयो मन्जु पौडेल र पशुपति शर्मालाई ? (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७६, शुक्रबार
Manju Poudel- Pashupati Sharma

काठमाडौं । गायिका मन्जु पौडेल र गायक पशुपति शर्मा यतिखेर भने भगवान पुकार्दै आश्रमतिर लागेका छन् । माया प्रेममा धोका खाएका यी जोडीले एक आपसमा आरोप प्रत्यारोप लगाउँदै समाजबाट टाढा रहेर भजन किर्तन गर्ने अवस्थासम्म पुगेका छन् । मायामा बहुलाउने अवस्थासम्म बनाएको आरोप लगाउँदै गायिका पौडेलले गायक शर्मालाई भनेपछि उनीहरुबीचमा यसरी मनमुटाव बढेको देखिन्छ ।


वास्तविकतामा भने उनीहरुको मनमुटाव बढेको छैन झन् सांगीतिक सहयात्राले फड्को मारेको देखिन्छ । मायाप्रेमभित्रको परिभाषामा गायिका मन्जु पौडेल र गायक पुशपति शर्माले नयाँ गीत ‘हजुरैले हो’ आजबाट सार्वजनिक गरेका छन् । पशुपति शर्माको शब्द तथा लयमा तयार भएको उक्तको संगीत संयोजन भने कृष्ण विकले गरेका छन् । गायिका मन्जु पौडेल र गायक पशुपति शर्माको स्वर रहेको गीत ‘हजुरैले हो’ को म्यूजिक भिडियोमा उनीहरु स्वयम् देखिएका छन् । भिडियोको छायाँकन तथा निर्देशन दुर्गा पौडेलको रहेको छ भने नवीन घर्तीमगरको सम्पादन रहेको छ । गीतको भिडियोलाई बीएमएस यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु