मन्जु र अन्जुलाई ‘तीजै आयो बरिलै’

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७६, सोमबार

काठमाडौं । यतिबेला नेपाली सांगीतिक बजार तीजमय बनेको छ । यसैक्रममा कर्णप्रिय स्वरकी धनी गायिका मञ्जु उपासनाले ‘तीजै आयो बरिलै’ बोलको तीज गीत सार्वजनिक गरेकीछिन् । गायिका उपासनाले आवाज भरेको उक्त गीतमा उनकी सहोदर बहिनी अन्जु बिश्वकर्माले नृत्य गरेकी छिन् ।

एच बि सुनारको शब्द रहेको गीतमा गायिका उपाशनालेनै संगीत दिएकी छिन् । जेनिथ शर्माले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अन्जुका साथमा ज्योति सुनार र गायिका स्वयमले पनि नृत्य गरेका छन् ।

सुशिल डाँगीले छायांकन गरेको उक्त गीतको म्यूजिक भिडियो रमेश बिके रसाइलीले सम्पादन गरेका हुन् । सार्वजनिक भएको छोटो समयमानै मञ्जुको ‘तीज आयो बरिलै’ले राम्रो प्रतिकृया पाईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु