• वर्षको उत्कृष्ट संगीतकार बने मनोहर सुनाम

    म्यूजिक खबर
    प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

    काठमाडौं । लामो समय नेपाली सांगीतिक क्षेत्रमा गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान प¥याएको नाम हो मनोहर सुनाम । उनले पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक–गायिकाहरुको स्वरलाई संगीतबद्ध गराएका छन् । एरेन्ज गरेका छन् । पछिल्लो समय उनै मनोहरले वर्षको उत्कृष्ट संगीतकारको अवार्ड चुम्न सफल भएका छन् ।
    राजधानीमा सम्पन्न भएको ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा मनोहरले अवार्ड चुम्न सफल भएका हुन् । माण्डवी त्रिपाठी र कृष्ण थापाको स्वर रहेको गीत काठमाडौंमा छैन मेरो घर बोलको गीतबाट मनोहरले उत्कृष्ट संगीतकार लोकगीत तर्फबाट अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै सोहि गीतबाट भोला पौडेलले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका थिए ।
    यस अवार्डले आफूलाई सांगीतिक यात्रामा उर्जा मिलेको र आगामी दिनमा अझ सशक्त बनाउने विश्वास मिलेको उनी बताउँछन् ।


    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गायिका मन्जु पौडेल, निर्देशक प्रकाश भट्ट, कलाकार विनोद केसी, कलाकार उत्तम केसी, निर्माता तथा युवा नेता मदुकुमार श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । अवार्डको सल्लाहकार समूहमा चलचित्र लेखक तथा निर्देशक मोहन निरौला, चलचित्र निर्देशक, कलाकार एवं संचारकर्मी दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ रंग पत्रकार विदुर गिरी, अभिनेता तथा निर्माता नवराज श्रेष्ठ रहेका थिए ।

    नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई सम्मान एवं प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ६२ विधामाअवार्ड प्रदान गरिएको थियो । उक्त अवार्डमा गीतसंगीत, चित्रकला र सौन्दर्य कलामा क्रियाशील रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    त्यस्तै आयोजक संस्था क्रियटिभ इन्साइट मिडियाको आयोजनामा भएको यस अवार्ड कार्यक्रमलाई शुभकामना मिडिया सोलुसनले इभेन्ट व्यवस्थापन गरेको हो । आयोजक कमिटिमा अध्यक्ष सूर्य चन्द, संयोजक सविता पोखरेल, कार्यक्रम निर्देशक सुमन पण्डित, सदस्य सचिव रोशन पोखरेल, सदस्यद्वय तुलसी गिरी भावुक र सन्दिप महत रहेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु