काठमाडौं । चर्चित रंग पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ को शब्द तथा निर्देशनमा नयाँ गीत सार्वजनिक भएको छ । ‘माया बिनाको मान्छे’ बोलको गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ । रमेश सेञ्चुरीले उक्त गीतमा संगीत भरेका छन् ।
गीतको लगानीकर्ता हङकङबासी संगीत प्रेमी उपेन्द्र विश्वकर्मा हुन् । त्यस्तै गीतको भिडियोमा पत्रकार बराइलीकै निर्देशन रहेको छ भने मन बहादुर पुनको छायांकन तथा लोकेश भाटको सम्पादन गरेका छन् ।
भिडियोमा लोकप्रिय मोडल मञ्जिता केसी, शब्द रचनाकार एवं निर्देशक प्रकाश बराइली, राजकुमार रायमाझी, सुजन बराइली, भिमबहादुर पौडेल, रमेश सेञ्चुरीले अभिनय गरेका छन् । उक्त गीतको भिडियो म्याग्देली डिजिटल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यस गीतलाई म्याग्देली डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा प्रेमिकाले प्रेमिलाई माया गर्ने तर प्रेमीले प्रेमिकाको मायालाई बुझ्न नसकेको अनि अन्तिममा उस्को मायालाई बुझेर समर्पण गरेको कुरालाई समेट्न खोजिएको छ । साथै साँचो प्रेमको कदर गर्नुपर्छ र प्रेमले लै संसार बदल्न सकिन्छ भन्ने कुराको सन्देश दिन खोजिएको छ ।