‘मायाको झण्डा फरर’ मार्फत् आइन अन्जु

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७६, आईतवार

काठमाडौं । नेपाली लोक संगीतकी सदाबहार नायिका अन्जु निरौला ‘मायाको झण्डा फरर’ मार्फत् आएकी छन् । उनले आफ्नै म्युजिक कम्पनीबाट पहिलो पटक ‘मायाको झण्डा दिलमा फरर’ लोकदाहोरी गीत सार्वजनिक गरेकी छन् । गुन्द्रुक मिडिया स्थापना गरेर नायिका अन्जुले लोकदोहोरी गीतलाई बजारमा ल्याएकी हुन् ।
‘मायाको झण्डा फरर’मा नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक बिमल डाँगी र चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर रहेको छ । डाँगीले एक वर्षको अन्तरालमा यो गीत गाएका हुन् । ‘मायाको झण्डा फरर’ मा गीतकार गणेश चौलागाईको शब्द, बिमल डाँगीको लय र बिमलराज क्षेत्रीको संगीत संयोजन रहेको छ ।

 


यस गीतको भिडियोलाई नव वर्ष २०७६ को सुरुवातमा सार्वजनिक गरिएको छ । निर्देशक शिब बिकको निर्देशन रहेको भिडियोमा अनजु निरौला, रबिन्द्र प्रताप सेन र लोमस शर्माको अभिनय रहेको छ । भिडियोको सम्पादन भने सुजन शाहीले गरेका छन् भने छायाँकन रामेश्वर कार्कीको रहेको छ । भिडियोमा कमल प्रसाईंले ड्रोन चलाएका छन् भने शिव न्यौपानेले सहायक छायाँकारको भूमिका निर्वाह गरेका छन् । अडियो भिडियोलाई गुन्द्रुक मिडियाले बजार व्यवस्थापन गरेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु